नियम २७
पुनरावेदनपत्रको जाँचबुझ र दर्ता
(१) नियम २६ बमोजिम पुनरावेदन प्राप्त भएपछि रीत पुगे नपुगेको जाँची रीत पुगेको भए दर्ता गरी पुनरावेदकलाई त्यसो निस्सा दिनु पर्नेछ ।
(२) श्रम कार्यालय मार्फत प्राप्त हुन आएको पुनरावेदन दर्ता गरेको निस्सा सोही श्रम कार्यालय मार्फत पुनरावेदकलाई पठाउनु पर्नेछ र त्यस्तो पुनरावेदन दर्ता गर्ने सम्बन्धमा जाँच्दा वेरीतको देखिन आएमा सो कुरा समेत खुलाई श्रम कार्यालय मार्फत नै पुनरावेदकलाई जनाउ दिनु पर्नेछ ।
(३) श्रम कार्यालय मार्फत प्राप्त हुन आएको पुृनरावेदन दर्ता गरी पुनरावेदकलाई अदालत समक्ष उपस्थित गराउनु पर्ने आवश्यक ठानेमा अदालतले सो दर्ताका निस्सा उपनियम (२) बमोजिम पुनरावेदकलाई दिंदा फलानो मितिमा आफै वा कानुन बमोजिमको वारेस पठाई उपस्थित हुन आउनु भन्ने व्यहोराको जानकारी पनि सोही श्रम कार्यालय मार्फत पुनरावेदकलाई दिनु पर्नछ ।